महिला टी–२० शृङ्खला : नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

महिला टी–२० शृङ्खला : नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाडौं : चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनको सामान्य लक्ष्य दिएको छ।

मलेसियाको बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। 

वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन्।

बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २÷२ विकेट लिइन्।

आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि शनिवार हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।

भदौ ८, २०८० शुक्रबार १४:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।