नगदसहित पोखराबाट ७ जना जुवाडे पक्राउ

नगदसहित पोखराबाट ७ जना जुवाडे पक्राउ

पोखरा : जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ७ जनालाई पक्राउ गरेको छ। 

गोप्य सुचनाको आधारमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा छापा मारेर प्रहरीले जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको हो। 

हिराचनले सञ्चालन गरेको लक्ष्मी होटलमा जुवातास खेलाउने गरिएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको थियो। 

बिहीबार दिउँसो छापा मार्दा जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक तास बरामद गरेको छ।  पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

भदौ ८, २०८० शुक्रबार १३:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।