माछा मार्ने क्रममा कुलोले बगाउँदा कपिलवस्तुमा एक महिलाको मृत्यु

माछा मार्ने क्रममा कुलोले बगाउँदा कपिलवस्तुमा एक महिलाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको वाणगङ्गामा कुलोले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो।

उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो। शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ ८, २०८० शुक्रबार १३:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।