च्याउ खोज्न जानेले कपिलवस्तुको सामुदायिक वनमा भेटे मानव कंकाल

च्याउ खोज्न जानेले कपिलवस्तुको सामुदायिक वनमा भेटे मानव कंकाल
सांकेतिक तस्बिर

कृष्णनगर : कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रविन कार्कीले बताए। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वाणगङ्गा नगरपालिका-६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।

भदौ ८, २०८० शुक्रबार १३:२४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।