विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी

विद्युत प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ। कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो। 

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको महानगरपालिकाका एसपी विष्णु जोशीले बताए। 

आगो लागेको एक घण्टापछि नियन्त्रणमा आएको उनले बताए।

आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

८ भदौ, २०८०, १२:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।