५३ लाखमा काठमाडौं प्लाजामा बालेनको कार्यकक्ष बनाउन टेण्डर आह्वान

५३ लाखमा काठमाडौं प्लाजामा बालेनको कार्यकक्ष बनाउन टेण्डर आह्वान

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यकक्ष निर्माणका लागि ५३ लाखभन्दा बढी रूपैयाँको  टेण्डर आह्वान गरिएको छ। 

काठमाडौं महानगरले शुक्रबार सूचना निकाल्दै काठमाडौं प्लाजामा मेयरको कार्यकक्ष बनाउनका लागि यति ठूलो रकमको टेण्डर आह्वान गरेको हो।

टेण्डरको कुल रकम ५३ लाख ८९ हजार ८३९ रुपैयाँ ७१ पैसा रहेको छ।  मेयरको एउटा कार्यकक्ष बनाउनकै लागि भनेर महानगरले यत्रो खर्च गर्न लागेको हो।

जहाँ नेपाली ठेकेदारलाई आगामी असोज ७ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।

भदौ ८, २०८० शुक्रबार १२:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।