बैतडीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ्यो

बैतडीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ्यो

बैतडी : बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो। 

आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। गत आर्थिक वर्ष २०७९/८० मा भने ६ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

यता राहदानी बनाउनेको संख्या भने ह्वात्तै बढेको छ। आव २०७८/७९ मा ६ सय २२ जनालाई राहदानी वितरण गरिएकोमा गत वर्ष २०७९/८० मा जिल्लामा दुई हजार ६ सय ८० जनालाई राहदानी वितरण गरिएको छ।

भदौ ८, २०८० शुक्रबार ११:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।