ओखलढुङ्गामा पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गामा पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा : ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिएका छन्।

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलो डाँडा क्षेत्रमै रोकिएका छन्। निरन्तरको वर्षाका कारण जिल्ला भरका ग्रामीण सडकमा पहिरोको जोखिम बढेको छ। अधिकांश सडक अवरुद्ध छन्।

भदौ ८, २०८० शुक्रबार ११:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।