सवारी जाँचमा खटिएका प्रहरी निरीक्षकमााथि बञ्चरो प्रहार

सवारी जाँचमा खटिएका प्रहरी निरीक्षकमााथि बञ्चरो प्रहार

झापा :  झापामा सवारी जाँचमा खटिएका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार भएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज समेत रहेका प्रहरी निरीक्षक युवराज कटुवालमाथि एक युवकले बञ्चरो प्रहार गरि घाइते बनाएका हुन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला बिहिबार बेलुका ७ बजेको समयमा नियमित गाडी जाँचका क्रममा उनिमाथि धारिलो हतियार प्रहार भएको हो। 

तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। 

घाइते कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ।

आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ ८, २०८० शुक्रबार ११:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।