फ्राइडे रिलिज : सलोनको ‘जय हो’ को टक्कर मेनुकाको ‘महानगर’सँग
काठमाडौं : आज (शुक्रबार)देखि दुई वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘जय हो’ र मेनुका प्रधान अभिनीत ‘महानगर’ रिलिज भएका हुन्।
कमेडी–लभस्टोरी जनरामा निर्माण भएको जय हो फिल्मका निर्देशक टेक पौरखी राई हुन्। यस फिल्मलाई मल्टिप्लेक्सहरूले राम्रो शो उपलब्ध गराएका छन्।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको अभिनय रहेको छ।
सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन सौरभ लामाको छ। त्यसैगरी सम्पादन बनिश शाहको र लेखन सुरेश न्यौपानेको छ।
आजैबाट प्रदर्शनमा आएको अर्को फिल्म महानगरलाई मोहन राईले निर्देशन गरेका छन्।
फिल्ममा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेलल गायतको अभिनय छ। यस फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् भने फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन्।
भदौ ८, २०८० शुक्रबार १०:५२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।