बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक : अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ। हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण सम्भव भएको छैन।

लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ।

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालय उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको उनले बताइन्।

भदौ ८, २०८० शुक्रबार ०८:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।