आजको मौसम : कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा?

आजको मौसम : कुन कुन प्रदेशमा हुँदैछ भारी वर्षा?

काठमाडौं : आज (शुक्रबार) देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको छ।

भदौ ८, २०८० शुक्रबार ०७:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।