एकीकृत समाजवादीले माघमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने

एकीकृत समाजवादीले माघमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं : एकीकृत समाजवादीले आगामी माघमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय कमिटीको छैटौं बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै बैठकले महाधिवेशन अघि नै आफ्ना एजेण्डा जनतामाझ लैजान मेची–महाकाली राष्ट्रिय अभियान योजना गर्ने भएको छ। त्यसको विस्तृत जानकारी सचिवालयले मिलाउने खतिवडाले बताए।

बैठकले सम्मानित नेता झलनाथ खनालसहित १३१ केन्द्रीय सदस्यले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गर्ने निर्णयसमेत गरेको छ।

भदौ ७, २०८० बिहीबार १९:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।