प्रसारणमा आयो 'रुस्लान स्टुडियो', पप गायक अनिल सिंहदेखि रैथाने संगीतप्रेमी झुमा देवानसम्म एकै मञ्चमा
काठमाडौँ : गायक स्वप्न सुमन, सुशान्त केसीदेखि लिएर द एक्स ब्यान्ड, मिस्टर डी लगायतका ब्यान्डहरू समेटेर रुस्लानले रुस्लान स्टुडियोको सुरुवात गरेको छ।
त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समीर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्व, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द्र, केंजल मेहर श्रेष्ठ, एएसएम सहित समेटेर रुस्लानले आफ्नै स्टुडियो सुरु गरेको हो।
भदौ ६ गतेबाट उसले आफ्नै युट्युब च्यानलबाट कार्यक्रम प्रसारण सुरु गरिसकेको छ। पहिलो प्रस्तुति गायक सुशान्तको बेहोस बोलको गीत राखेको छ।
आयोजकले रुस्लान स्टुडियोबाट लाइभ स्टुडियो रेकर्ड, सेटिङ, सङ्गीतका विभिन्न विधाहरू प्रस्तुत गर्ने जानकारी दिएको छ। कार्यक्रम प्रसारण गर्न आयोजकले युट्युबमा रुस्लान् स्टुडियो नामक च्यानलै सञ्चालनमा ल्याएको छ।
रुस्लान स्टुडियोबाट यसअघि नसुनिएका धुनसँगै केही लोकप्रिय ट्र्याकमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो साङ्गीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्ने रहेको जानकारीदिँदै २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलीमा प्रस्तुत गर्ने जनाएको छ।
रुस्लान स्टुडियोले पुरानो 'द एक्स ब्यान्ड' देखि नयाँ पुस्तामाझ लोकप्रिय स्वप्न सुमनसम्म समेटेको छ। सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु मात्रै हैन रैथाने सङ्गीत फैलाउन सक्रिय झुमा लिम्बुलाई समेत उसले समेटेको छ।
मनिष गन्धर्व, कमल खत्रीदेखि पुराना पुस्ताका चर्चित आनन्द कार्कीसम्म अटाएको कार्यक्रममा स्ट्याण्डअप कमेडियन राजा राजेन्द्र समेत अटाएका छन्।
'रुस्लान र सङ्गीतको सम्बन्ध धेरै अघिदेखि परिचित छ। यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरू पेस गर्दै आएका पनि छौ, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ' आगामी दिनमा रुस्लान र सङ्गीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यका साथ रुस्लान स्टुडियोको सुरुवात गरिएको हो' जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले बताए।
कोलाकोलाले विश्वव्यापी साङ्गीतिक मञ्च निर्माण गर्न कोक स्टुडियोको प्रारम्भ गरेको थियो। मुख्य त नेपालमा कोक स्टुडियो भारत र कोक स्टुडियो पाकिस्तानका गीतहरू लोकप्रिय छन्। नेपाली गायिका आनी छोइङ डोल्मा समेत कोक स्टुडियोमा गएर गायकी थिइन्। सो कार्यक्रममा गाउनु गायिकाहरूका लागि समेत प्रतिष्ठाको विषय बन्ने गरेको देखिन्छ।
रुस्लान्ले चयन गरेको गायन विधा र गायक-गायिकाहरू हेर्दा प्रतिष्ठित साङ्गीतिक मञ्चको निर्माण गर्ने प्रयास गरिएको देखिन्छ।
भदौ ७, २०८० बिहीबार १८:१४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।