टुँडिखेलमा हात समाएर नाचे प्रचण्ड, देउवा, रावल र लेखक

टुँडिखेलमा हात समाएर नाचे प्रचण्ड, देउवा, रावल र लेखक
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता डा. भीम रावल लगायतका नेताले टुँडिखेलमा नाचेका छन्।

सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरू नाचेका हुन्। उनीहरूको साथ कांग्रेस नेता रमेश लेखक र परराष्ट्र मन्त्री एनपी साउदसमेत थिए।

देउवा, दाहाल, रावल र लेखकले एकसाथ हात मिलाएर नाच्दा त्यहाँको टुँडिखेलको माहोल गर्माएको थियो। त्यहाँ उपस्थितसमेत उत्साहित बनेका थिए।

हातमा हात समाएर नाचिरहेका बेला एमाले नेता डा. भीम रावलले देउडा गीतसमेत गाए।

भदौ ७, २०८० बिहीबार १७:५८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।