अभिनेता सारुकको अन्तिम म्युजिक भिडियोमा अभिनेत्री नम्रता छैनन्

अभिनेता सारुकको अन्तिम म्युजिक भिडियोमा अभिनेत्री नम्रता छैनन्

काठमाडौं : फिल्म ह्यासट्याग मायाको टिमले अभिनेत्री नम्रता श्रेष्ठको एक सिन पनि नराखी म्युजिक भिडियो सार्वजनिक गरेको छ।

फिल्म छायाँकनकै क्रममा नम्रतासँगको सम्बन्धले आत्महत्या गरेका अभिनेता ताम्राकारको सम्मानमा फिल्म निर्माण टिमले माया बोलको गीतको म्युजिक भिडियो बनाएर रिलिज गरेको हो।

म्युजिक भिडियोमा फिल्मका लागि खिचिएका सारुकको दृश्यसँगै ब्याक ग्राउन्ड सिनहरू समेत राखिएको छ। भिडियोमा ताम्राकारसँगै निकिता आचार्य देखिएकी छन्।

सो फिल्ममा अभिनेत्री नम्रताको समेत अभिनय रहेको छ। तर, चार मिनेट १८ सेकेन्डको म्युजिक भिडियोमा उनलाई समेटिएको छैन।

फिल्म छायाँकनका क्रममा नम्रता र सारुकबीच विवाद भएको थियो। विवादपछि आफ्नो घर आएका सारुक मृत फेला परेका थिए।

सो घटनाबारे प्रहरी अनुसन्धानमै रहेको छ। तर, नम्रता भने अहिलेसम्म प्रहरीको सम्पर्कमा आएकी छैनन्।*

तान्त्रिक लगाएर मध्यरात मसानमा पूजा गराएको लगायतका अनौठा घटना सार्वजनिक भएका थिए।

*उनी नेपालमा रहेको पुष्टी भएकाले संशोधन गरीएको। 

भदौ ७, २०८० बिहीबार १७:५२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।