सामाजिक सञ्जालमार्फत उपहार पठाउने प्रलोभन देखाएर ठगी  गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत उपहार पठाउने प्रलोभन देखाएर ठगी  गर्ने २ जना पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, टिकटक, र वाट्सएपको माध्यमबाट साथी बनाएर ठगी गरेको आरोपमा सिआईबीले २ जनालाई पक्राउ गरेको छ।

मोबाइल उपहार पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा  पर्साको बहादुरमाई नगरपालिका ८ का राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका १ का उमेश कुमार यादवलाई ल्लितपुरको गुसिङ्गालबाट पक्राउ गरेको सिआईबीले जनाएको हो।

अनुसन्धानको क्रममा ‘जमजम् ईलेट्रोनिक्स’ को  ‘लक्की ड्र’ मार्फत उक्त उपहार पठाउनका लागि भन्सार बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक–पटक गरी उक्त रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

उनिहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ नगद, सात सेट मोबाईल, १ सय ८६ सिम, १२ थान एटिएम कार्ड र १ राउटर समेत बरामद गरेको छ।

उनिहरु माथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको बाट म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

भदौ ७, २०८० बिहीबार १७:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।