दुई सचिव फेरिए, प्रधानमन्त्री कार्यालयमा पुष्करलाई पठाइयो

दुई सचिव फेरिए, प्रधानमन्त्री कार्यालयमा पुष्करलाई पठाइयो

काठमाडौँ : सरकारले दुई सचिवको जिम्मेवारी फेरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिएर पठाएको छ। सामान्यका सचिव पुष्करले यसअघि नै पटकपटक प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरुवा मागेका थिए। 

तर, प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए। 

माओवादीको कोटामा मन्त्री बनेका अमनलाल मोदीलाई प्रधानमन्त्रीले हटाएर जनमत पार्टीको नेतृ अनिता देवीलाई मन्त्री बनाइएको थियो। लगत्तै सचिव पुष्करले पुनः सरुवा मागेका थिए। 

भदौ ७, २०८० बिहीबार १७:०५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।