कानूनअनुसार नै काम गरेको छु, हतकडी लगाउने ठाउँ छैन : अध्यक्ष ओली

कानूनअनुसार नै काम गरेको छु, हतकडी लगाउने ठाउँ छैन : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू विभिन्न पदमा रहँदा कानूनबमोजिम नै काम गर्ने गरेको बताएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा गृहमन्त्री हुँदा गरेका काम कारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफूलाई हतकडी लगाउने कुनै ठाउँ गाँउ नरहेको बताएका छन्।

उनले कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा राखे।

अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप समेत लगाए ।

भदौ ७, २०८० बिहीबार १६:२५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।