पाँच देश सम्मिलित ब्रिक्समा थपिए यी ६ देश

पाँच देश सम्मिलित ब्रिक्समा थपिए यी ६ देश

एजेन्सी : पाँच देश सम्मिलित ब्रिक्समा अब अन्य छ देश थपिएका छन्।

ब्रिक्सको १५औं वार्षिकोत्सवको अवसरमा ६ वटा देश थप्न लागिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्स ह्यान्डलमार्फत जानकारी दिएका छन्।

मोदीले अब ब्रिक्समा अर्जेन्टिना, इरान, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इथियोपिया र इजिप्ट समावेश भएको बताए।

यी देशहरू जनवरी १, २०२४ देखि ब्रिक्स समूहको सदस्य बन्नेछन्।

१७ वर्ष पुरानो ब्रिक्स समूहमा अहिलेसम्म ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका थिए।

भदौ ७, २०८० बिहीबार १५:४१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।