३१ अंकले घट्यो शेयर, कारोबार डेढ अर्बमा खुम्चियो
काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।
बिहीबार नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा छ भने सेन्सेटिभ परिसूचक ४.७२ अंकले घटेर ३८५.५६ विन्दुमा झरेको छ।
कारोबार उपसूचक समूहहरू सबै राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स समूह २.९२ प्रतिशतले घट्यो। बजार घट्दा कारोबार रकममा समे कमी आयो।
यसदिन २७५ कम्पनीका ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाखको कारोबार भयो।
कारोबारमा सबैभन्दा बढी होटल सोल्टी र दोस्रो स्थानमा घोराही सिमेन्ट छन्। यी दुवैले क्रमशः ७ करोड ८७ लाख र ६ करोड ९४ लाखको कारोबार गरे।
कुथेली बुखारी लघु जलविद्युत्को शेयरमा बिहीबार सर्किट लाग्यो।
भदौ ७, २०८० बिहीबार १५:३२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।