गौहत्याको विषयमा ओलीको टिप्पणी : यस्ता नचाहिने क्रियाकलाप कसैले पनि गर्नुहुँदैन

गौहत्याको विषयमा ओलीको टिप्पणी : यस्ता नचाहिने क्रियाकलाप कसैले पनि गर्नुहुँदैन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौहत्याको विषयलाई धेरै संवेदनशील बनाउने नहुने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले गौहत्या हुनु राम्रो विषय नभएको भन्दै यस्ता विषयबाट नेपाली समाज सजग हुनुपर्ने बताए।

ओलीले गौहत्या जस्ता नचाहिने क्रियाकलाप कसैले पनि गर्न नहुने तर्कसमेत राखे।

‘यसलाई धेरै सेन्सेटिभ बनाउन हुँदैन। यो राम्रो कुरा होइन। अनेक प्रकारले नेपाली समाजलाई भाँड्ने भड्काउने र द्वन्द्वमा फसाउने षडयन्त्र भइराखेको छ। यस्ता कुराहरूबाट नेपाली समाज सजग हुनुपर्छ। यस्ता नचाहिने खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन।

धरान लगायत पूर्वका केही स्थानमा गाई र गोरु काटेर मासु खाएको विषयले अहिले सदनमा प्रवेश पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई जोडतोडका साथ उठाइरहेका छ।

भदौ ७, २०८० बिहीबार १५:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।