समीक्षाको प्रष्टीकरण : ब्ल्याक लिस्टमा परेको छैन, १८ वर्ष पुगिसकेँ

समीक्षाको प्रष्टीकरण : ब्ल्याक लिस्टमा परेको छैन, १८ वर्ष पुगिसकेँ

काठमाडौं : गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफूलाई ब्ल्याक लिस्टमा राखेको भन्दै आएको समाचार झुटो भएको बताएकी छन्।

केही मिडियामा समिक्षाले दिदी शर्मिलालाई केयर टेकरका रूपमा अष्ट्रेलिया लगेर उतै छाडेपछि अष्ट्रेलियाले उनको भिषा रद्द गरेको समाचार प्रकाशित गरेका थिए।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले आफू अस्ट्रेलियामा कालोसूचीमा नपरेको प्रष्टीकरण दिँदै आफूसम्बन्धी आएका समाचारहरू हेरेर आश्चर्यमा परेको बताएकी हुन्।

‘आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो। मलाई अहिले तीज कार्यक्रमको लागि दिदीबहिनी इभेन्टले बोलाएको हो। म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो। यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु,’ उनले लेखेकी छन्।

समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने भनिएको र आफूले त्यो पठाइसकेको उल्लेख गरेकी छन्।आफ्नी दिदी कुनै नियम तोडेर नभइ अष्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको उनको भनाइ छ।

उनले अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको भन्दै गुनासो गरेकी छन्।

‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो?’, उनले लेखेकी छन्, ‘एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो?’

भदौ ७, २०८० बिहीबार १५:१२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।