प्रधानमन्त्रीले निरीक्षण गरे सिंहदरबारको क्षतिग्रस्त भवन, भूकम्पको आठ वर्ष बितिसक्दा पनि बनेन

प्रधानमन्त्रीले निरीक्षण गरे सिंहदरबारको क्षतिग्रस्त भवन, भूकम्पको आठ वर्ष बितिसक्दा पनि बनेन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री दाहालले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षहरूको थ्रीडी एनिमेशनको अवलोकन पनि गरे।

उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार अझै पुनर्निमाण भइसकेको छैन। भूकम्पअघि यसै भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो।

भद्रकालीबाट देखिने सिंहदरबारकाे मु्ख्य भवन नै यहि हो।

भदौ ७, २०८० बिहीबार १४:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।