एसिया कपअघि भारतीय टोलीको कन्डिसनिङ क्याम्प, केएल राहुलमा विशेष ध्यान

एसिया कपअघि भारतीय टोलीको कन्डिसनिङ क्याम्प, केएल राहुलमा विशेष ध्यान

काठमाडौं : एसिया कपको तयारीका लागि भारतीय क्रिकेट टिमले बिहीबारदेखि क्याम्प राखेकाे छ। बिहीबारदेखि बैंगलोरको अलुर क्रिकेट मैदानमा सुरु भएको कन्डिसनिङ क्याम्पमा १८ मध्ये १५ खेलाडी पुगिसकेका छन्।

आयरल्यान्ड सिरिजमा गएका जसप्रित बुमराह, प्रसिद्ध कृष्णा र सञ्जु सैमसन भारत फर्किएपछि यो क्याम्पको हिस्सा हुनेछन्। यी तीन खेलाडी डब्लिनबाट बिहीबार साँझसम्म बेङ्गलुरु पुग्ने सम्भावना छ।

क्याम्पमा मुख्यत: खेलाडीको फिटनेसमा ध्यान दिइने बताइएको छ। वेस्ट इन्डिज भ्रमणबाट फर्केका खेलाडीलाई विशेष ध्यान दिइनेछ। यसका साथै यस शिविरमा टिम बन्डिङको काम पनि गरिनेछ ईएसपीएनक्रिकइन्फोले जनाएको छ।

पहिलो दिन इनडोर सत्र हुने क्याम्पमा अधिकांश फिटनेसमा ध्यान दिइनेछ भने शुक्रबारदेखि, खेलाडीहरूलाई आउटडोर कन्डिसनिङ र सीपमा आधारित कार्यक्रमहरूको लागि छुट्टै ब्याचमा विभाजन गरिनेछ।

क्याम्पमा सबैभन्दा ठूलो आकर्षण केएल राहुलको फिटनेस हुनेछ। उनी घुँडाको चोटबाट पूर्ण रूपमा निको भइसकेका छन्। यसबाहेक, राहुललाई सानो चोट देखिएपछि एसिया कपअघिका दुई खेल नखेल्नसक्ने देखिएको छ।

भारतीय टिमका मुख्य चयनकर्ता अजित आगरकरले सोमबार टोली घोषणा गर्न पत्रकार सम्मेलनमा यसको पुष्टि गरेका थिए।

मेडिकल टीमले केएल राहुललाई ब्याटिङ गर्न दिए पनि विकेट किपिङमा भने अझै अनुगमन गरिरहेका छन्। गत साता भएको अभ्यासका क्रममा उनले मेडिकल टिमसँग आफ्नो समस्याको बारेमा बताएका थिए।

भारतीय टोली बैंगलोरबाट अगस्ट ३० मा श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने सम्भावना छ। भारतले सेप्टेम्बर २ मा पाकिस्तानसँगको खेलबाट एसिया कपको सुरुवात गर्नेछ भने दोस्रो खेल ४ सेम्टेम्बरमा नेपालविरुद्ध हुनेछ।

भदौ ७, २०८० बिहीबार १४:३६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।