लगातारको वर्षाले कर्णालीमा दुई दिनदेखि हवाई उडान अवरुद्ध

लगातारको वर्षाले कर्णालीमा दुई दिनदेखि हवाई उडान अवरुद्ध

जाजरकोट : कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातारको वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो। 

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन। हवाई उडान प्रभावित भएपछि यात्रुहरू दुई दिनदेखि नेपालगन्ज विमानस्थलमा बस्न बाध्य छन्।

सडक यातायात भरपर्दो नहुँदा यहाँ हवाई उडान सेवा लिनुपर्ने वाध्यता छ। तर मौसम प्रतिकूल बन्दा यात्रुहरूलाई समस्या हुँदै आएको छ।

डोल्पामा सडक पुगे पनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ। खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो। हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन।
 

भदौ ७, २०८० बिहीबार १३:५७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।