टीभिएस इन्डियाले सार्वजनिक गर्यो नयाँ इभी स्कुटर, मूल्य २ लाख ५० हजार भारु
एजेन्सी : टीभिएस इन्डियाले इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। बुधवार राति दुबईस्थित बुर्ज खलिफा टावरमा उसले नयाँ इभि स्कुटर एक्स सार्वजनिक गरेको हो। कम्पनीले भारतमा यो स्कुटरको मूल्य दुई लाख ५० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ।
कम्पनीले सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटरमा ११ किलोवाटको मोटर दिइएको छ। ४.४४ किलोवाट आवरको ब्याट्री सहित आएको यो स्कुटर निकै स्टाइलिस देखिन्छ।
एक पटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। टिभिएस स्कुटर इभिले ०–४० किलोमिटर २.६ सेकेन्डमै भेटाउन सक्ने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
टप स्पिड १०५ किलोमिटर प्रतिघण्टा रहेको यो स्कुटरमा १२.२ इन्चको टीएफटी डिस्प्ले उपलब्ध छ भने । क्रुज कन्ट्रोल, रिभर्स असिस्टेन्ट, स्मार्ट कनेक्ट फिचर, लाइभ भिडियो स्ट्रीमिङ, अन वोर्ड गेम, वेब ब्राउजर, लाइभ लोकेसन सेयरिङ, किलेस, लगायत विशेषता स्कुटरमा रहेको कम्पनीले जानकारी दिएको छ।
सुरक्षाको लागि सिङ्गल च्यानल एबिएस, ३ किलोवाटको फास्ट चार्जर दिइएको छ। ११ किलोवाटको मोटर रहेको यो स्कुटरमा ४० एनएम टर्क पावर जेनेरेट गर्छ।
नेपालमा समेत टिभिएस स्कुटरको बजार राम्रो रहेको छ। सो उत्पादन कहिले नेपाल आउँछ त्यो भने खुलाइएको छैन।
भदौ ७, २०८० बिहीबार १३:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।