अनसन बस्न भन्दै सर्वोच्चको गेटमा पुगेका युवक पक्राउ

अनसन बस्न भन्दै सर्वोच्चको गेटमा पुगेका युवक पक्राउ

काठमाडौ : सर्वोच्च अदालतको गेटमा अनसन बस्न भन्दै गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए। तर, सर्वोच्चले उनको रिट दर्ता गरेन। 

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको गेटमा पुगेका थिए। 

सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
 

भदौ ७, २०८० बिहीबार १३:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।