रूस सेनाले युक्रेनको एक विद्यालयमा आक्रमण गर्दा चार जनाको मृत्यु

रूस सेनाले युक्रेनको एक विद्यालयमा आक्रमण गर्दा चार जनाको मृत्यु

एजेन्सी : युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ।

युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको हो।

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ।

किएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो। उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए।

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भने, ‘रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।’

भदौ ७, २०८० बिहीबार १२:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।