अझै तीन दिन वर्षा हुने, शनिबारदेखि मौसममा सुधार आउने सम्भावना

अझै तीन दिन वर्षा हुने, शनिबारदेखि मौसममा सुधार आउने सम्भावना

काठमाडौं : मनसुनी वर्षा अझै तीन दिन जारी रहने र शनिबारदेखि मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जाने उनले बनाए। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भदौ ७, २०८० बिहीबार ०९:२०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।