उकेरा टप फाइभ : विपत्तिले ठगिएकालाई सरकारको झुक्याएकोदेखि सम्पादकहरूलाई प्रधानमन्त्रीले ढाँटेको प्रसङ्गसम्म

उकेरा टप फाइभ : विपत्तिले ठगिएकालाई सरकारको झुक्याएकोदेखि सम्पादकहरूलाई प्रधानमन्त्रीले ढाँटेको प्रसङ्गसम्म

बुधबार राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच भएको दुईबुँदे सहमति भयो। सहमतिपछि एक महिनादेखि अवरुद्ध संसद् चल्यो। संसद्मा राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखे। उनीहरूले सुन तस्कारी प्रकरणका उचित छानविनका लागि सरकारलाई दबाब दिए।

यस्तै बुधबार नै कोशी प्रदेशसभामा एमाले र राप्रपाका सांसदले प्रदेशसभा बैठक बहिस्कार गरे। मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने क्रममा सभाध्यक्षले मतदान गर्नु संविधान विपरीत भएको भन्दै संसद् अवरुद्ध गरेका हुन्।

सोही विषयलाई लिएर कोशी प्रदेशको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरे। रिटमा उनले वर्तमान मुख्यन्त्री थापाले संविधानाविपरीत विश्वासको मत लिएको दाबी गर्दै आफूलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी गर्न माग गरेका छन्।

यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले उच्च अदालतमा दायर गरेको रिट अदालतले खारेज गरेको छ। खारेज भएसँगै अब शाहले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई स्पष्टिकरण बुझाउनुपर्नेछ। यद्यपि उनी सर्वोच्च जाने बाटो भने अझै बाँकी नै छ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बुधबार बिहान त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागले आफ्नै नियम मिचेर करारमा शिक्षक नियुक्त गरेको सम्बन्धी समाचार लेख्यो। समाचारमा समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलले विश्वविद्यालयको विनियम मिचेर विज्ञापन गर्दै आफूखुसी करारमा शिक्षक चयन गरेको प्रसङ्ग समेटिएको छ।
पूरा समाचारः समाजशास्त्र विभागले ‘गैरकानुनी विज्ञापन’को आधारमा करार शिक्षक नियुक्त गर्यो

बिहानै उकेराले २०७८ कात्तिक पहिलो साता परेको अविरल वर्षका कारण धानबाली डुबानमा परेका वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रका किसानले दुई वर्ष पुग्नै लाग्दासम्म पनि राहत पाउन नसकेको समाचार पनि लेख्यो।
पूरा समाचारः विपत्तिले ठगिएकालाई सरकारको झुटो आश्वासन, दुई वर्षसम्म पनि पाएनन् पीडित कृषकले घोषित राहत

दिउँसो उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेप कृष्णबहादुर महरा संलग्न भएको आरोप लागेको भेपमा सुन तस्करी प्रकरणमा विषयमा पत्रकारहरूसँग झुट बोलेको समाचार लेख्यो। केही दिनअघि मूलधारका भनिएका सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा उनले महरामाथि केही दिनमा सीआईबीले अनुसन्धान थाल्ने भने पनि बुधबार त्यसलाई एक महिनापछि गठन हुने उच्चस्तरीय जाँचबुझ आयोगमा समेट्ने गरी मिलाए।
पूरा समाचारः सम्पादकहरूलाई ढाँटे प्रधानमन्त्रीले, महरा जोडिएको सुन तस्करीलाई आयोगमै मिसमास

उकेराले अपरान्ह नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवाप्रदायक र नियामक निकाय छुट्टाछुट्टै बनाउने विधेयक चार वर्षअघि नै बने पनि प्रतिनिधि सभाबाट पास नहुँदा कार्यान्वयनमा आउन नसकेको विषयमा प्राधिकरणको पूर्वमहानिर्देशक सञ्जीव गौतमसँग गरेको अन्तरवार्ता छाप्यो।
पूरा समाचारः ‘नागरिक उड्डयन प्राधिकरणलाई नियमन र सेवा प्रदायकमा विभाजित नगरी सुखै छैन’

राति उकेराले सर्वोच्च अदालले निर्वाचन क्षेत्र विकास कोष (सांसद विकास कोष)को कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको समाचार छाप्यो। संघीय सरकारसहित सातवटै प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी रकम विनियोजन गरेका थिए।
पूरा समाचारः संघसहित सातै प्रदेशको सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

भदौ ६, २०८० बुधबार २१:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।