संघसहित सातै प्रदेशको सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

संघसहित सातै प्रदेशको सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालले निर्वाचन क्षेत्र विकास कोष (सांसद विकास कोष)को कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

संघीय सरकारसहित सातवटै प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी रकम विनियोजन गरेका थिए।

त्यसविरुद्ध परेको रिट निवेदन सुनुवाइ गर्दै संवैधानिक इजलासले सातै प्रदेश र संघीय सरकारलाई आर्थिक वर्ष २०८०/८१ को सांसद विकास कोष कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिल सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले एकमुष्ट सांसद विकास कोषलाई रोक्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘२०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी व्यवस्थाहरु तथा ती व्यवस्थाहरुको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९९४० बमोजिम प्रत्यर्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ।’

भदौ ६, २०८० बुधबार २०:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।