सानिमा बैंकमार्फत दराजका सामान किन्दा २० प्रतिशतसम्म छुट पाइने
काठमाडौं : सानिमा बैंकले दराजसँगको सहकार्यमा ग्राहकलाई विशेष छुट दिने भएको छ।
‘दराज मन्थली पेडे’ अफर अन्तर्गत ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २०८१ साउनसम्म हरेक महिनाको सात गतने विशेष छुट पाउन सक्नेछन्।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्नेहुन्छ।
अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रक्रियाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।
भदौ ६, २०८० बुधबार १९:२३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।