सहमतिसँगै सुरु भएको प्रतिनिधि सभाको बैठक

सहमतिसँगै सुरु भएको प्रतिनिधि सभाको बैठक

काठमाडौँ : प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलबिच सहमति भएपछि प्रतिनिधि सभामा जारी एमालेको अवरोध हटेको छ। बुधवार प्रमुख दलका मुख्य सचेतकबिच दुई बुँदे सहमति भएको थियो।

सत्तापक्ष सुन तस्करीको अनुसन्धानका लागि एक महिनापछि उच्चस्तरीय जाँचबुझ आयोग गठनमा सहमति भएपछि एमालेले प्रतिनिधि सभामा जारी राखेको अवरोध हटाएको हो। अवरोध हटेसँगै बुधवारबाट प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

प्रतिनिधि सभाको बैठक सुचारु भएपछि बोल्दै सांसदहरूले एक महिला अवरुद्ध भएको संसद्को बैठक सुचारु भएकोमा खुसी व्यक्त गरेका थिए।

भदौ ६, २०८० बुधबार १६:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।