प्रहरीले भन्यो- त्रिशुली दुर्घटनामा एक जना मात्र सकुशल

प्रहरीले भन्यो- त्रिशुली दुर्घटनामा एक जना मात्र सकुशल

काठमाडौं : काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनीतर्फ जाँदै गरेको प्रदेश ३ ०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खस्दा एक जना मात्र सकुशल रहेका छन्।

धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी लोकमार्गमा भएको दुर्घटनामा एक जना मात्र सकुशल रहेको नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार बिहान सवा ११ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा दुई महिला र छ पुरुष गरी आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।

२५ जना सवार बसमा जीवित उद्धार गरिएका १७ मध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको, १ जना उपचारपछि डिस्चार्ज भएको, १ जनाको मलेखु अस्पतालमा उपचार भइरहेको र एक जना सकुशल रहेको प्रहरीले जनाएको छ।

भदौ ६, २०८० बुधबार १६:०१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।