सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी काम गर्ने अनुमति पायो
काठमाडौँ : सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधवार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) पाएको छ।
पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरू उपलब्ध गराउन पाउनेछ।
२०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापूँजी वृद्धि गर्दै हाल चुक्ता पुँजी ६० करोड पुर्याएको छ।
कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएसँगै कम्पनीको जिम्मेवारी र दायित्व थपिएको प्रतिक्रिया दिएका छन्।
'अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण शेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ' उनले भने।
कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।
भदौ ६, २०८० बुधबार १५:५९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।