ओलीपछि रास्वपा सभापति लामिछानेलाई भेटे अमेरिकी राजदूत थम्पसनले

ओलीपछि रास्वपा सभापति लामिछानेलाई भेटे अमेरिकी राजदूत थम्पसनले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ।

रास्वपाको पार्टी कार्यालय वनस्थलीमा दुईबीच भेटवार्ता भएको हो। भेटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागी थिए।

भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी गराए।

राजदूत थम्पसनले मंगलबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको थियो।

भदौ ६, २०८० बुधबार १५:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।