त्रिशुलीमा बस खस्दा राष्ट्रपति मर्माहत

त्रिशुलीमा बस खस्दा राष्ट्रपति मर्माहत

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश३ ०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खस्दा मर्माहत भएका छन्।

राष्ट्रपति कार्यालयको आधिकारिक एक्स (ट्वीटर) ह्यान्डलबाट दुर्घटनाका कारण उनी मर्माहत भएको जानकारी गराइएको हो।

साथै राष्ट्रपति पौडेलले दुर्घटनामा मृत्यु हुने यात्रीहरूको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

बुधबार बिहान सवा ११ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत गजुरी र मलेखुको बीचमा पर्ने धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जसमध्ये १३ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने बाँकी चार जनाको मलेखु अस्पतालमा उपचार भइरहेको छ।

बसमा थप अन्य केही पनि हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको खबरबाट आफू मर्माहत भएको बताउनुभएको छ।उहाँले दुर्घटनामा मृत्यु हुने यात्रीहरूको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

— President of Nepal (@OOP_Nepal) August 23, 2023

भदौ ६, २०८० बुधबार १४:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।