सुन तस्करीको छानविन गर्न असोज ५ गते जाँचबुझ आयोग गठन गर्न दलहरू सहमत

सुन तस्करीको छानविन गर्न असोज ५ गते जाँचबुझ आयोग गठन गर्न दलहरू सहमत

काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ।

माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ।

बैठकमा असोज ५ गते आयोग गठन गर्ने र त्यसै दिनदेखि आयोगले काम सुरु गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

आयोगले मुख्यतः पटकपटक भइरहेको सुन तस्करीको विषयमा नीतिगत सुधारका लागि अनुसन्धान गरी प्रतिवेदन गरिने जानकारी दिए।

भदौ ६, २०८० बुधबार १४:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।