त्रिशूली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, सात जनाको खोजी जारी

त्रिशूली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, सात जनाको खोजी जारी

काठमाडौं : काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ। गाडीमा सवार २३ जना मध्ये अन्य आठ जना घाइते भएको र सात जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बुधबार ११:१५ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत गजुरी र मलेखुको बीचमा पर्ने धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो। 

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नेपालका विभिन्न युनिटबाट ७१ जना टोली र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज  खटिएको छ।

घाइतेहरूको ​​​​​​उद्धारको लागि टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

भदौ ६, २०८० बुधबार १२:५८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।