त्रिशूलीमा बस खस्यो, घाइतेहरूको उद्धार गरिंदै

त्रिशूलीमा बस खस्यो, घाइतेहरूको उद्धार गरिंदै

काठमाडौं : काठमाडौंबाट बाग्लुङ जाँदै गरेको बस गजुरी र मलेखुको बीचमा पर्ने छहराबाट त्रिशुली नदीमा खसेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो। हाल घाइतेहरूको ​​​​​​उद्धारको लागि टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।

भदौ ६, २०८० बुधबार १२:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।