जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

 काठमाडौं : स्वर्गीय गायक जेबी टुहुरेलाई सरकारले ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक परिवर्तनमा गीत सङ्गीतका माध्यमबाट सहयोग पुर्याएका टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

साथै मन्त्रिपरिषद्ले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय समेत गरेको छ।

भदौ ६, २०८० बुधबार ११:४८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।