प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमणलाई मन्त्रिपरिषद्ले दियो स्वीकृति

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमणलाई मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड न्यूयोर्क जाने भएका हुन्।

बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको भ्रमण स्वीकृत गरेको छ। 

आगामी सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुने राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन यही भदौ अन्तिम साता अमेरिका प्रस्थान गर्ने छन्।

भदौ ६, २०८० बुधबार ११:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।