पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ।

मन्त्री किराँतीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए। सुदन किराँतीले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

किराँतीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।

भदौ ६, २०८० बुधबार ०९:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।