अमेरिकामा जंगलमा लागेको आगो बस्तीमा फैलँदा ११५ जनाको मृत्यु

अमेरिकामा जंगलमा लागेको आगो बस्तीमा फैलँदा ११५ जनाको मृत्यु

एजेन्सी : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ।

पछिल्लो विवरणअनुसार आठ सय ५० जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छ भने अबको खोज व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन्।

राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रको भ्रमण गरेर आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा सङ्घीय सरकारबाट सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भदौ ६, २०८० बुधबार ०८:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।