ओलीले चाहेमा आज संसद् बैठक बस्ने

ओलीले चाहेमा आज संसद् बैठक बस्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो ३ बजेको लागि बोलाइएको छ। तर प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण लगातार रुपमा संसद् बैठकको तालिका परिवर्तन भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले गत साउन १० गतेदेखि लगातार रुपमा दुवै सदन अवरुद्ध गर्दै आएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने माग एमालेको छ।

बुधबार पनि एमाले अध्यक्ष केपी ओलीले चाहेमा मात्र प्रतिनिधिसभा बैठक बस्नेछ। 

सोमबार राति राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा उच्चस्तरीय समितिमार्फत सुन तस्करीबारे छानबिन गर्ने सहमति भएको थियो। त्यसपछि एमालेले संसद् अवरुद्ध नगर्ने देखिएको थियो।

तर हिजो (मंगलबार) अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नभएपछि संसद् बैठक सूचना टाँसेरै स्थगित गरिएको थियो।

भदौ ६, २०८० बुधबार ०७:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।