आज पहाडी भूभागमा पानी पर्ने, राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज पहाडी भूभागमा पानी पर्ने, राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (बुधबार) देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना समेत रहेको छ।

भदौ ६, २०८० बुधबार ०७:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।