प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : अदालतको पेशी र तारिख पनि स्वचालित

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : अदालतको पेशी र तारिख पनि स्वचालित

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेशी तथा तारिख व्यवस्थापन स्वचालित प्रणालीबाट गर्ने निर्णय गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाए लगत्तै उनी सर्वोच्च अदालत गएर मङ्गलवारै पद बहाल गरेका थिए। उनले पहिलो निर्णय पेशी र तारिख स्वचालित प्रणालीबाट गर्ने निर्णय गरे।

यस अगाडि तारिख कर्मचारीहरूले नै निर्णय गर्दै आएका थिए। मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा अब स्वचालित प्रणालीबाट तारिख तोकिने छ।

यस अगाडि इजलास गोला प्रक्रियाबाट तोकिँदै आएको छ। त्यसले पनि निरन्तरता पाएको छ।

भदौ ५, २०८० मंगलबार २१:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।