बच्चा बेचेको आरोपमा चिकित्सक पक्राउ, अविवाहित जोडीको बच्चा १० लाखमा बेचेको आशंका

बच्चा बेचेको आरोपमा चिकित्सक पक्राउ, अविवाहित जोडीको बच्चा १० लाखमा बेचेको आशंका

काठमाडौं : अस्पतालमा जन्मिएको बच्चा बिक्री गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्।

प्रहरीले विराटनगरको ग्रीनक्रस अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण पक्राउ परेको हो।

भदौ १ गते पक्राउ परेका कर्णले आफ्नो क्लिनिकमा आएकी युवतीलाई अस्पताल लगेर डेलिभरी गराएर बच्चा नि:सन्तान दम्पतीलाई बिक्री गरेको प्रहरीको आरोप छ।

शिशु मोरङ कटहरी गाउँपालिका-२ आदर्श टोलकी दिलमाया राजवंशीसँग फेला परेको हो।

मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवतीको प्रेमीसँग मिलेर चिकित्सकले १० लाखमा बच्चा बिक्री गरेको देखिएको छ।

प्रहरीले कर्णसँगै २७ वर्षीय गोविन्द राईलाई समेत पक्राउ गरेको छ। राई युवतीका प्रेमी हुन्।

असार १३ मा युवतीले ग्रीनक्रस हस्पिटलमा छोरी जन्माएकी थिइन्। तर, पछि प्रेमी र बच्चा दुवै गायब भएपछि युवतीले प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान सुरु भएको थियो।

भदौ ५, २०८० मंगलबार २१:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।