बालकोटमा ओली र अमेरिकन राजदूतको भेट

बालकोटमा ओली र अमेरिकन राजदूतको भेट

भक्तपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ।

ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मंगलबार बालकोटस्थित ओली निवासमा भेट भएको हो।

भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।

भदौ ५, २०८० मंगलबार २०:०५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।